एन्फाले दक्षिण एशियाली फुटबल महासंघले आयोजना गर्ने साफ यू१९, यू१६ महिला प्रतियोगिता र महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना गर्नका लागि दाबी पेस गर्ने निर्णय पनि गरेको छ।
काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक भिन्सिन्जो अल्बर्टो एनिसको कार्यकाल थप गर्ने भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेसमा सोमबार बसेको छैटौँ कार्यसमिति बैठकले उनको कार्यकाल साढे तीन महिना थप गर्ने निर्णय गरेको हो।
गत फागुन १७ गते एन्फाले इटालियन प्रशिक्षक एनिसलाई एक वर्षका लागि राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। उनको कार्यकाल फागुन १७ गते समाप्त हुँदै थियो। तर, एन्फाले विश्वकप छनोटको दोस्रो चरणको खेलसम्मलाई ३ महिना १५ दिन अवधि थप गर्ने निर्णय गरेको हो।
यस्तै, एन्फाले दक्षिण एशियाली फुटबल महासंघ (साफ)ले आयोजना गर्ने साफ यू१९ महिला प्रतियोगिता, यू१६ महिला प्रतियोगिता र महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना गर्नको लागि दाबी पेश गर्ने निर्णय गरेको छ।
यस्तै, एन्फाले आफूले सञ्चालन गर्ने अन्तर्राष्ट्रिय प्रतियोगितका नि:शुल्क पास वितरण पूर्णरूपमा बन्द गर्ने भएको छ। एन्फाले गेट टिकट बिक्री वितरणमार्फत उठेको रकमको २० प्रतिशत रकम प्रतियोगितामा सहभागी हुने उमेर समूह र राष्ट्रिय महिला तथा पुरुष फुटबल टिमका खेलाडीहरूलाई प्रदान गर्ने निर्णय गरेको छ।
यस्तै, सन् २०२४ बाट साफले गर्ने साफ क्लब च्याम्पियनसिपको लागि साफले तोकेको आवश्यक मापदण्ड पूरा गर्ने शहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता क्लबलाई सहभागीता प्रदान गर्ने पनि बैठकले निर्णय गरेको छ।
त्यस्तै, बैठकले एन्फाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा संकटा क्लबका अध्यक्षसमेत रहका इन्द्रमान तुलाधार नियुक्त भएको छ।
उनी कर्माछरिङ शेर्पा अध्यक्ष हुँदा महासचिव थिए। गत कात्तिक २३ गते हेटौँडामा भएको विशेष साधारणसभामा पंकजविक्रम नेम्वाङलाई सहयोग गर्दै उनी जिम्मेवारीसहित एन्फा फर्किएका हुन्।
बर्खास्त गर्नुपर्छ भन्ने प्रस्ताव राख्ने असन्तुष्ट पक्षले मतदान गरेनन्। विपक्षमा भने ५३ मत परेको थियो। एक मत बदर भएको थियो। उनी र शेर्पाले गत भदौ २५ गते अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्तीको प्रस्ताव दर्ता गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
