यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

अभियुक्तले मंसिर २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको  प्रश्नपत्र प्रदान गर्ने बहानामा यौन दुर्व्यवहार गरेको पीडित बालिकाले बताएकी छन्।

प्रतिकात्मक तस्वीर।

मन्थली– लिखु तामाकोशी गाउँपालिका–७ स्थित नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन्। 

सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको रामेछापका डीएसपी होमबहादुर पराजुलीले बताए। 

पीडित छात्राले दिएको निवेदनका आधारमा नियन्त्रणमा लिएर अनुसन्धान थालिएको पराजुलीको भनाइ छ। 

अभियुक्तले मंसिर २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको प्रश्नपत्र प्रदान गर्ने बहानामा यौन दुर्व्यवहार गरेको पीडित बालिकाले बताएकी छन्।