भारी वर्षा र बाढीका कारण बस्ती नै जलमग्न भएपछि विद्यालय र क्याम्पसमा बिदाको घोषणा गरिएको छ। सोमबार साँझसम्म सात हजार ५०० मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
भारतको दक्षिणी राज्य तामिलनाडुमा भारी वर्षाका कारण बस्ती डुबानमा परेका छन्। वर्षा नरोकिएपछि रेल तथा उडान सेवा रद्द गरिएको अधिकारीहरूले बताएका छन्।
हिन्द महासागर र दक्षिण पश्चिम बंगालको खाडीमा श्रीलंकाको दक्षिणी तटमा चक्रवाती सञ्चारको प्रभावका कारण वर्षा भएको भारतीय मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन्।
मौसम विज्ञान विभागका अनुसार कन्याकुमारी, तेनकासी, तिरुनेलवेली र थुथुकुडी जिल्लामा मंगलबार बेलुकासम्म भारी वर्षा हुनेछ।
वर्षाले धेरै क्षेत्रहरू जलमग्न भएपछि स्थानीय अधिकारीहरूले सबै विद्यालय र क्याम्पसमा बिदाको घोषणा गरेका छन्।
सोमबार साँझसम्म सात हजार ५०० मानिसलाई सुरक्षित स्थानमा सारिएको र उनीहरूलाई ८४ वटा राहत शिविरमा राखिएको छ।
बाढीका कारण थुथुकुडीमा सडकहरू पनि भत्किएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार तुतीकोरिन जिल्लामा वर्षाका कारण भएको घटनामा एक जनाको मृत्यु भएको छ। लगातारको वर्षाका कारण रेलको लिक बाढीमा डुबेपछि रेल सेवासमेत प्रभावित भएको छ।
भारी वर्षाका कारण १७ वटा रेलको सेवा पूर्ण वा आंशिक रूपमा अवरुद्ध बनेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
