सोमबार राति गएको भूकम्पमा गान्सु प्रान्तमा १०० र छिङहाइ प्रान्तमा ११ जनाको मृत्यु भएको छ।
चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ।
सोमबार राति गान्सु प्रान्तमा गएको भूकम्पमा अन्य २०० भन्दा बढी घाइते भएको समाचार संस्था सीएनएनले जनाएको छ। गान्सु प्रान्तमा १०० र छिमेकी छिङहाइ प्रान्तमा ११ जनाको मृत्यु भएको हो।
चिनियाँ अधिकारीहरूका अनुसार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पले विद्युत्, खानेपानी र सडक संरचनाहरू भत्काएको तथा कैयन् भवनहरू भग्नावशेषमा परिणत गरेको छ। बिजुली र पानीको आपूर्ति अवरुद्ध भएको छ।
भूकम्पको केन्द्रबिन्दु प्रान्तीय राजधानी लान्झाउबाट करिब ६० माइल टाढा रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।
प्रभावितको खोजी तथा उद्धार जारी रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
