स्वदेशी उत्पादनलाई प्रोत्साहन गरी ती वस्तुलाई अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको थियो।
काठमाडौँ– मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा सञ्चालन भएको हस्तकला व्यापार मेलामा दुई करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
स्वदेशी उत्पादनलाई प्रोत्साहन गरी ती वस्तुलाई अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको नेपाल हस्तकला महासंघले जनाएको छ।
महासंघका अनुसार मेलामा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश, जिल्ला हस्तकला संघ र वस्तुगत संघसमेतको सहभागिता थियो।
धातुकला, सुनचाँदीका गरगहना, सुती एवं ढाकाका लुगा, पश्मिना, छालाजन्य सामग्री, प्राकृतिक रेसा, बाँसका सामानलगायत अन्य हस्तकलाका सामग्री प्रदर्शनी तथा बिक्री गरिएको थियो।
हस्तकलाका १२० वटा बिक्री तथा प्रदर्शनी कक्ष राखिएको थियो। स्वदेशी उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास गर्ने र हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थलमा भेला गराई छलफल गरिएको महासंघले जनाएको छ।
आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने यस क्षेत्रबाट देशमा वैदेशिक मुद्रा आर्जनका लागि टेवा पुगेको बागमती प्रदेशका उद्योगमन्त्री रामकृष्ण चित्रकारले बताए। हस्तकलाले उद्यमशीलता विकास गरी रोजगारी सिर्जना गर्ने हुँदा यसको संरक्षण गर्नुपर्नेमा उनको जोड थियो।
महासंघका अनुसार नेपाली हस्तकलाका सामग्री विश्वका ६० भन्दा बढी देशमा निकासी भइरहेका छन्। स्वदेशी बजारमा पनि रुचाइने यी वस्तुको कुल बजार २४ अर्ब हाराहारीमा रहेको छ।
हस्तकला व्यवसायमा करिब ११ लाख व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न रेहको र वार्षिक १२ अर्ब बराबरका सामग्री निर्यात हुने गरेको महासंघले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
