अनन्तबहादुर शिक्षक, प्रधानाध्यापक हुँदै स्रोत व्यक्तिबाट अवकाशप्राप्त भएका हुन्। अवकाशपछिको समय सुन्तला खेतीमा लगाएको १० वर्ष भयो। यसबाट उनी वार्षिक पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन्।
गलकोट– धेरै जागिरेहरू अवकाशपछि आराम गर्छन्, तर बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्का ३७ वर्ष शिक्षण पेसामा बिताउँदासमेत थाकेनन्।
७१ वर्षको उमेरमा पनि उत्तिकै जोस जाँगरका साथ उनी सुन्तलाखेतीमा रमाइरहेका छन्। उनी शिक्षक, प्रधानाध्यापक हुँदै स्रोत व्यक्तिबाट अवकाशप्राप्त भए।
अवकाशपछिको समय सुन्तला खेतीमा लगाएको १० वर्ष भयो। यसबाट उनी वार्षिक पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन्। कृषिबाट अनन्तबहादुरलाई सन्तुष्टि मिलेको छ। आठ रोपनी जग्गामा लगाएको सुन्तला यसपटक चितवनका बजार पुगेका छन्। विगतका वर्षमा धादिङ र पोखराका बजारमा मात्रै पुग्थे।
उनका बगामा २०० वटा बोटले उत्पादन दिइरहेका छन्। “परम्परागत कृषि पेसा पुर्ख्यौली थियो। मैले धान फल्ने खेतमा सुन्तला लगाएको हो,” उनले भने, “यस वर्ष सुन्तला चितवनको व्यापारीलाई पाँच लाखमा एकमुष्ट बिक्री गरेँ।”
चितवनका व्यापारीले सुन्तला बगैँचाबाट नै एकमुष्ट किनेपछि सुन्तला टिप्ने स्थानीय महिलाले समेत रोजगारी पाएका छन्। आगामी वर्ष केही सुन्तलाको रुखले उत्पादन दिन थाल्ने भएपछि सुन्तलाको आम्दानीमा वृद्धि हुने खड्काको भनाइ छ। यस पटक चितवनका सुन्तला व्यापारी शिव सापकोटाले सिगाना गाउँको सुन्तला खरिद गरेर लगेका छन्।
“चितवनको क्षेत्रपुरमा सिगानाको सुन्तला निर्यात भएको छ। हाम्रो सुन्तला लागिसकेपछि अन्य किसानको समेत सुन्तला चितवन लैजाने व्यापारीको भनाइ छ,” खड्काले भने, “परम्परागत खेतीभन्दा सुन्तलाखेतीबाट धेरै गुणा राम्रो कमाई गर्न सकिन्छ। सिगानमा सरदर तीन करोडसम्मको सुन्तला उत्पादन हुने गर्छ।”
अनन्तबहादुरसहित सिगानामा टोपबहादुर खड्का, रामबहादुर खड्कालगायत किसानले पनि ठूलो परिमाणमा सुन्तला उत्पादन गर्दै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
