सत्ता गठबन्धनले प्राथमिकतामा नराखेपछि लोसपा नेकपा एमालेसँग चुनावी तालमेल गरेर अगाडि बढ्ने भएको छ।
काठमाडौं- नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच चुनावी तालमेल गरेर जानेबारे प्रयास थालिएको छ। मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि तालमेल गरेर जानेबारे एमाले र लोसपाबीच प्रयास थालिएको हो।
सत्ता गठबन्धनले प्राथमिकतामा नराखेपछि लोसपाले एमालेसँग चुनावी तालमेलको प्रयास अगाडि बढाएको हो। गठबन्धनबाट कुनै प्रस्ताव नआएपछि लोसपाले एमालेसँग सहकार्य गरेर अगाडि बढ्ने योजनासहित छलफल थालेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको 'चाहना'मा नागरिकता विधेयक प्रमाणीकरण नगरेको बेला लोसपा भने एमालेसँग चुनावी तालमेलको प्रस्ताव अगाडि बढाएको छ। लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो चुनावी तालमेल सिद्धान्त नमिले पनि मन मिल्नेसँग हुने बताउँछन्।
"चुनाव त भोटको लेनदेन न हो। जुन पार्टीसँग कुरा मिल्छ त्यही पार्टीसँग तालमेल हुन्छ," महतोले भने, "चुनावी तालमेल जोसँग पनि हुनसक्छ, तर नागरिकताको सवालमा कांग्रेस, एमाले र माओवादी तीनटै मिलेको हो, यो उनीहरूको मिलिभगत हो।"
कांग्रेस र माओवादीको सिद्धान्त र विचार नमिले पनि उनीहरू चुनावी तालमेल गरेजसरी नै कुरा मिल्ने र चित्त बुझ्नेसँग तालमेल हुनसक्ने उनले बताए। उनले चुनावी तालमेल र नागरिकता विधेयक फरकफरक विषय भएको तर्क गरे।
"एमालेले पहिला नै अध्यादेशमार्फत नागरिकता विधेयक ल्याएको हो, तर कांग्रेस र माओवादीले त्यतिबेला विरोध गरे। अनि यसपटक एमालेले विरोध गर्यो। यसमा तीनटै पार्टी मिलेको हो भन्नेमा कुनै शंका छैन। तर, नागरिकताको विषय हाम्रो चुनावी तालमेलसँग सरोकार राख्ने विषयचाहिँ होइन," उनले उकालोसँग भने, "सत्ता गठबन्धनसँग तालमेलका लागि पहल गरेकै हौँ तर अहिले एमालेसँग भइरहेको छ।"
२३ साउनमा प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष सत्ता गठबन्धनमा सामेल गराउन लोसपाका नेताहरूले प्रस्ताव राखेका थिए। तर, गठबन्धनका तर्फबाट लोसपालाई हालसम्म औपचारिक जानकारी नआएपछि एमालेसँग तालमेलको प्रस्ताव अगाडि बढाएका हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
