सर्वोच्च अदालतले एनसेलको शेयर खरिद–बिक्रीलाई मान्यता नदिन माग गर्दै परेको रिटमा सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
काठमाडौँ– सर्वोच्च अदालतले एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।
मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको अधिवक्ता कीर्ति शर्मा पौडेलले जानकारी दिए। उनका अनुसार आदेशमा पुस १६ गतेमा दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ।
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिद–बिक्रीलाई मान्यता नदिन माग गर्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले मंसिर २२ गते ६ वटा निकायलाई विपक्षी बनाएर सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए।
रिटमा उनले एनसेल आजियाटा लिमिटेड, नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिस्ट्रारको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आन्तरिक राजस्व विभाग, ठूला करदाता कार्यालयलाई विपक्षी बनाएका थिए।
आजियाटाले एनसेलको ८० प्रतिशत सेयर व्यवसायी शतिशलाल आचार्य सञ्चालक रहेको बेलायतको स्पेक्ट्रलाइट युके कम्पनीलाई ५० मिलियन अमेरिकी डलर (करिब ६ अर्ब ६५ करोड रुपैयाँ) मा शेयर बिक्री गर्ने निर्णय गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
