वैदेशिक रोजगारीमा पठाउने बाहनामा ४६ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेका म्याग्दीका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
म्याग्दी– वैदेशिक रोजगारीमा पठाउने बाहनामा ४६ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेका म्याग्दीका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
म्याग्दी जिल्ला अदालतबाट ६ दिन कैद र ४६ लाख १७ हजार १०० जरिबाना तोकिएका मंगला गाउँपालिका–४ (साविक बरङ्जा गाविस)–८ का ४३ वर्षीय गंगाबहादुर रोकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
विदेश नपठाएको र संकलन गरेको रकम फिर्ता नगरेपछि ९ जना पीडितले रोकाको विरुद्ध बैंकिङ कसुरमा मुद्दा दायर गरेका थिए। रोकाले एक जनाबाट दुई लाखदेखि दश लाख रुपैयाँसम्म ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो।
प्रहरी निरीक्षक अशोककुमार झाका अनुसार सोमबार बरङ्जाबाट पक्राउ परेका रोकालाई मंगलबार उनीउपर लागेको दण्ड जरिबाना असुलउपरका लागि म्याग्दी जिल्ला अदालतमा पेश गरिएको छ।
“विदेश पठाउने भनेर पैसा उठाएका रोकाले विदेश नपठाएपछि पीडितलाई चेक दिएका रहेछन्,” प्रहरी निरीक्षक झाले भने, “पीडितलाई दिएको चेक नसाटिएपछि बैंकिङ कसुरमा म्याग्दी जिल्ला अदालतमा दायर गरेको मुद्दामा दोषी ठहर भएका हुन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
