भूकम्पबाट एक हजार ५५३ गोठ भत्किँदा किसानको पाँच करोड ५० लाख क्षति भएको छ। त्यस्तै, गाई, बाख्रा, भैँसी, बंगुरलगायत ५१३ पशु चौपायाको मृत्युले दुई करोड ५० लाखको क्षति भएको छ।
कर्णाली– कात्तिक १७ गते जाजरकोट बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट पशुपक्षीमा १० करोड रुपैयाँ बराबरको क्षति भएको छ।
भूकम्पबाट सबैभन्दा ठूलो क्षति पशु गोठमा पुगेको कर्णालीका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले बताए। एक हजार ५५३ गोठ भत्किँदा किसानको पाँच करोड ५० लाख क्षति भएको छ। त्यस्तै, गाई बाख्रा, भैँसी, बंगुरलगायत ५१३ पशु चौपायाको मृत्युले दुई करोड ५० लाखको क्षति भएको प्रवक्ता कठायतले जनाए।
त्यस्तै, जाजरकोटका १५२ घरका एक हजार ४८ घार नष्ट हुँदा माहुरी र महमा एक करोड १९ लाख क्षति भएको छ जनाइएको छ। त्यसैगरी, ८८ मेट्रिक टन खाद्य नष्ट हुँदा ३८ लाख क्षति भएको तथ्यांकमा उल्लेख छ। भूकम्पले १९ हजार २६२ घर पूर्ण क्षति भएको जनाइएको छ। १०० वर्ग मिटरमा पाल टाँगेर बस्दा १८२ हेक्टर जमिनको गहुँतोरीमा क्षति पुगेको र त्यसबाट ४८० मेट्रिक टन खाद्य उत्पादन कमी आउने उनले बताए।
यसैगरी, भारतबाट कमाएर ल्याउने जनशक्ति भूकम्पकै कारण रोकिएपछि आयआर्जनमा समेत घट्ने देखिएको छ। उत्पादन र उत्पादकत्व घट्ने, भूकम्पका कारण गोरुमा क्षति पुग्दा खेतबारी जोत्ने समस्या हुने र तत्काल पशुमा लगानी गर्ने किसानमा क्षमता नभएकाले उत्पादनमा ह्रास आउने बताइएको छ।
प्रदेश राजधानी विरेन्द्रनगरमा आयोजित कार्यक्रममा तथ्यांक प्रस्तुत गर्दै प्रवक्ता कठायतले खेतीपातीको लागि गोरु वा यान्त्रीकरण, खाद्य तथा तरकारी उत्पादनका लागि बीउको व्यवस्था गर्नुपर्ने, दिगोरुपमा गोठ र खोरको स्थापना, अस्थायी घरमा त्रिपालको व्यवस्था र खेतीपातीलाई पुनरुत्थान गर्नुपर्ने कार्यक्रममा जोड दिन सुझाए।
बाहिरबाट आएको सहयोगमा दूरदराजका किसानको पहुँच नभएकाले प्रदेश सरकारले ‘एक पालिका, एक गोदामघर’ स्थापनाको अवधारणा ल्याउनुपर्नेमामा उनले जोड दिए।
भूकम्पप्रभावित जिल्लाका पालिकालाई साबिकको अवस्थामा लैजान पशुपछी तथा खोर व्यवस्थापनमा करिब १० करोड, सडक, खानेपानी, सिँचाइलगायत १५० योजनाका लागि चार करोड ५० लाख र माहुरी उत्पादन कार्यक्रममा एक करोड बजेट प्रस्ताव गरिएको प्रवक्ता कठायतले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
