फाइनल खेल आगामी शुक्रबार साउदी अरेबियामा हुनेछ।
काठमाडौँ– फिफा क्लब विश्वकपको उपाधिका लागि म्यानचेस्टर सिटी र ब्राजिली च्याम्पियन फ्लुमिनेन्स भिड्ने भएका छन्।
मंगलबार राति भएको खेलमा जापानको उरावा रेड्सलाई ३–० ले हराउँदै सिटी पहिलो पटक क्लब विश्वकपको फाइनल पुगेको हो।
पहिलो हाफको इन्जुरी समयमा उरावाका मारियस हेइब्रोकनले आत्मघाती गोल गरे। सिटीका मातेयो कोभासिचले ५२औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे।

बर्नान्डो सिल्भाले खेलको ५९औँ मिनेटमा गोल गर्दै सिटीलाई सहज जित दिलाए।
उता, अर्को सेमिफाइनलमा फ्लुमिनेन्स इजिप्टको अल आलीलाई २–० ले हराउँदै उपाधिनजिक पुगेको हो।
फाइनल खेल आगामी शुक्रबार साउदी अरेबियामा हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
