दुर्घटनामा ट्रक चालक तनहुँका २८ वर्षीय पूर्ण गुरुङ, बसका चालक हेटौँडाका ४० वर्षीय हरि शमशेर र अर्का एक पुरुषको मृत्यु भएको छ।
काठमाडौँ– बारामा बस र ट्रक ठोक्किँदा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। २७ जना घाइते भएका छन्।
झापाको काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना७ख ७३०० नम्बरको ट्रक बुधबार बिहान अमलेखगन्जमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ट्रक चालक तनहुँका २८ वर्षीय पूर्ण गुरुङ, बसका चालक हेटौँडाका ४० वर्षीय हरि शमशेर र अर्का एक पुरुषको मृत्यु भएको बारा प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले बताए।
घाइतेको हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
