प्रतितोला १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

मंगलबार प्रतितोला एक लाख १८ हजार रुपैयाँ रहेको सुन बुधबार एक लाख १९ हजार रुपैयाँ पुगेको छ।

काठमाडौँ– नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल र तेजाबी सुन तोलामा एक हजार रुपैयाँले बढेको हो। 

मंगलबार प्रतितोला एक लाख १८ हजार रुपैयाँ रहेको सुन बुधबार एक लाख १९ हजार रुपैयाँ पुगेको छ।

यस्तै, एक लाख १७ हजार ४५० रुपैयाँ रहेको तेजाबी सुन एक लाख १८ हजार ४५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ। 

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको छ। चाँदी एक हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको छ।