उखुको खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ बनाउने सरकारको निर्णय

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य उद्योगले प्रतिक्विन्टल ५६५ दिनुपर्ने निर्णय गरेको छ। त्यसमा सरकारले ७० रुपैयाँ अनुदान दिने र किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ मूल्य प्राप्त गर्नेछन्।

काठमाडौँ– सरकारले उखुको खरिद मूल्य तोकेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्रस्तावमा उखुको मूल्य उद्योगले प्रतिक्विन्टल ५६५ दिनुपर्ने निर्णय भएको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन्।

त्यसमा सरकारले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिएर ६३५ रुपैयाँ मूल्य तोकिएको बताइन्। यस्तै बैठकमा सरकारका एक वर्षको कामकारबाहीको समीक्षा भएको शर्माले बताइन्। 

“आज एउटा विषयमा मात्र निर्णय भएको छ,” उनले भनिन्, “अरू चाहिँ सरकारका कामलाई कसरी गति दिने भन्ने विषयमा मात्र छलफल भयो।”