नेपाली काँग्रेसका सांसद एवं महामन्त्री गगनकुमार थापाले समयमा सक्ने भनेर शुरू गरेका विकास निर्माणका काममा अवरोध पुर्याउने सबैभदा ठूलो निकाय सरकार नै रहेको बताएका छन्।
काठमाडाैँ– नेपाली काँग्रेसका सांसद एवं महामन्त्री गगनकुमार थापाले समयमा सक्ने भनेर शुरू गरेका विकास निर्माणका काममा अवरोध पुर्याउने सबैभदा ठूलो निकाय सरकार नै रहेको बताएका छन्।
बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले द्रुतमार्गको सुरुङ निर्माणका लागि बिष्फोटक पदार्थको कुरा राजनीतिक तवरबाट नटुंगिकन सेनाको नेतृत्वलाई जिम्मा लगाएर हुने अवस्था नरहेको बताए। उनले खोकनाको द्रुतमार्ग टुंग्याउन मन्त्रीपरिषद्ले निर्णय गर्नुपर्ने भन्दै अहिलेकै काम जस्ताको त्यस्तै गरे २०८३ सम्म योजना सम्पन्न नहुने बताए।
"सबै कामहरू नेपाल सरकारले नै गर्छ। नेपाल सरकारले समयमा गर्छु भनेर शुरू गरेको विकास निर्माण अवरोध पुर्याउने सबैभदा ठूलो निकाय भनेको नेपाल सरकार नै हो। प्रधानमन्त्रीको सबै कामहरू रोक्ने मान्छे भनेको तपाईं नै हो," उनले भने "खोकनाको फास्ट ट्रयाक टुंग्याउने काम भनेको सरकारले गर्ने हो। यसलाई मन्त्रीपरिषद्ले निर्णय नगरी टुंगिदैन। बिष्फोटक पदार्थको कुरा राजनीतिक कुरा नटुंगिकन यो सेनाको नेतृत्वलाई जिम्मा लगाएर हुने अवस्था छैन। अहिलेकै तरिकाले काम गरे यो ०९०, ०९२ पुग्छ।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
