राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा छ जना न्यायाधीश नियुक्त

यसअघि बुधबार बिहान संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गरेको थियो।

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त गरेका छन्। नेपालको संविधानको धारा १२९ को उपधारा ९२० बमोजिम राष्ट्रपतिले न्याय परिषद्को सिफारिसमा बुधबार ६ जना न्यायाधीशलाई नियुक्त गरेका हुन्।

सर्वोच्चमा नियुक्त भएका न्यायाधीशहरूमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाल रहेका छन्। नवनियुक्त न्यायाधीहरूमध्ये सुवेदी, मुलसमान, शर्मा र ढुंगाना उच्च अदालतमा कार्यरत थिए भने पोखरेल र ढकाल वरिष्ठ अधिवक्ता थिए।

यसअघि बुधबार बिहान संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गरेको थियो।