मंसिरमा वैदेशिक रोजगारीमा जानेको संख्या सधैँ धेरै हुने तर यो वर्ष अहिलेसम्मकै धेरै भएको विभागका प्रवक्ता कविराज उप्रेतीले बताए।
काठमाडौँ– वैदेशिक रोजगारीमा जानेको तथ्यांकले नयाँ रेकर्ड कायम गरेको छ। गत मंसिरमा मात्रै ७१ हजार भन्दा धेरै नेपाली वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागले जनाएको छ।
विभागका अनुसार मंसिरमा ६ हजार ९३४ महिलासहित ७१ हजार २७६ जनाले वैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिएका हुन्। यो पुनः श्रमसहितको तथ्याँक हो। एक महिनामा वैदेशिक रोजगारीमा गएकामध्ये यो अहिलेसम्मकै धेरै भएको विभागले जनाएको छ। यसअघि अघिल्लो वर्षको मंसिर महिनामा ६८ हजार ५६४ जनाले वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिएका थिए।
मंसिरमा वैदेशिक रोजगारीमा जानेको संख्या सधैँ धेरै हुने तर यो वर्ष अहिलेसम्मकै धेरै भएको विभागका प्रवक्ता कविराज उप्रेतीले बताए।
"दशैँतिहारमा एक महिनाको बिदा लिएर घर फर्किनुभएको हुन्छ, उहाँहरू फर्किने मंसिरमा हो, नयाँ जानेहरू पनि दशैँतिहार पछि जाने भनेर रुकेका हुन्छन्। त्यसैले मंसिरमा वैदेशिक रोजगारीमा जाने धेरै हुन्छन्," उनले भने।
गत मंसिरमा नेपालबाट वैदेशिक रोजगारीको लागि विभिन्न ११५ देशमा गएका छन्। तीमध्ये नेपाली श्रमिकहरूको प्रमुख रोजाइ गन्तव्य यूएई बनेको छ। मंसिरमा सबैभन्दा धेरै १८ हजार ४९३ जनाले यूएईको लागि अन्तिम श्रम स्वीकृति लिएका छन्। जसमा दुई हजार ५१५ महिला रहेका छन्।
कतार दोस्रो रोजाइ गन्तव्य बनेको छ। १४ हजार १५२ जनाले कतारको लागि श्रम स्वीकृति लिएका छन्। साउदी जाने नेपालीको संख्या १३ हजार ९८३ रहेको छ। ९ हजार ७७५ जनाले मलेसिया जान श्रम स्वीकृति लिएको विभागले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
