नेपाली सेनालाई कमजोर बनाउन खोज्ने गिरोहले सेनाभित्रका व्यक्तिहरूको जन्ममितिमा विवाद झिकिदिएको शर्माको भनाइ छ।
काठमाडाैँ– प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाभित्र कसैको पनि उमेरमा विवाद नभएको दाबी गरेका छन्।
बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधानसेनापति शर्माले नेपाली सेनालाई कमजोर बनाउन खोज्ने गिरोहले सेनाभित्रका व्यक्तिहरूको जन्ममितिमा विवाद झिकिदिएका बताए। नेपाली सेनाका तत्कालीन उपरथी ताराध्वज पाण्डे र नेपाली सेनाका रथी अशोकराज सिग्देलको जन्ममितिमा कुनै पनि विवाद नभएको उनले बताए।
उनले आफूहरूले जिल्ला प्रशासन कार्यालय, एसएलसी बोर्ड र त्रिभुवन विश्वविद्यालयसँग पनि बुझेको भन्दै ती सबै कागजपत्र हेर्दा उमेरमा विवाद नदेखिएको स्पष्ट पारेका हुन्। सेनालाई गिराउन खोज्ने तत्वले अनावश्यक विवाद निकालेका उनको भनाइ छ। उनले कागजात सही हुँदाहुँदै पनि उपरथी पाण्डेले विवादमा परेपछि आफूसँगको सल्लाहमा नै राजीनामा दिएको उल्लेख गरे।
उनले भने–"एउटा तत्व छ नेपाली सेनालाई कमजोर बनाउने, अरुको अगाडि गिराउन खोज्ने यो गिरोहको काम हो। विवाद मात्रै ल्याएर हुँदैन। ती विवाद ल्याउनेलाई कारबाही गर्ने कानून हुनुपर्यो। जे पनि बोल्न पाइने। जे पनि भन्न पाइने। उनीहरूलाई कसैले केही कारबाही नहुने भएपछि त जे पनि भन्दिन्छन् नि।"
प्रधानसेनापति शर्माले विवाद ल्याउनेहरू गलत भएमा कारबाही गर्ने कानूनी व्यवस्था हुनुपर्ने बताए। जसलाई जे मन लागे पनि बोल्न पाइने भएकाले यस्ता विवादहरू निकालिने गरेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
