अध्यागमन विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आफू मातहतको अध्यागमन कार्यालयको निरीक्षण गरेको छ।
काठमाडौँ– अध्यागमन विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आफू मातहतको अध्यागमन कार्यालयको निरीक्षण गरेको छ।
यात्रुका धेरै गुनासो आएपछि बुधबार विभागको टोलीले निरीक्षण गरेको हो। विमानस्थलमा यात्रुहरूले भोग्नु परेका समस्या र समाधानका लागि गर्नुपर्ने कामका विषयमा अनुगमन निरीक्षण गरिएको अध्यागमन विभागका प्रमुख कार्यकारी निर्देशक रुद्रसिंह तामाङले बताए।
"यत्रो कक्ष छ। त्यहाँ भरिएर पैसा तिरेर फेरि यता लाइन बस्नुपर्छ, बस्ने ठाउँ नभएर। यही प्रोसेसलाई हामीले घटाउन खोजिरहेका छौं," उनले भने। अध्यागमनमा पर्यटकले बुझाउने रकममा पनि समस्या रहेको उनले बताए।
"डलर नेपाल सरकारको खातामा आउने व्यवस्था गर्न प्रोसेस गर्दै छौं," उनले भने, "नेपाली रुपैयाँ भए पनि राजस्व खातामा जम्मा हुने व्यवस्था गरिसकेर यो प्रक्रिया अगाडि बढाउँछौं। त्यो भयो भने एउटा हामीले ब्रेक थ्रु गर्छौं। यसको धेरै कुरा भइसकेको छ। सरकारको पेमेन्ट खातामा आउने व्यवस्था तत्काल नै गर्ने छौँ।"
यात्रुलाई सटही सुविधा पनि सहज बनाउनुपर्ने देखिएको उनले बताए। "डलर खाता नै लिनका लागि नयाँ ऐन आवश्यक पर्ने भएकाले बजेट भाषण कुर्नुपर्छ। तर, नेपाली पैसा नै लिनका लागि कुर्नु पदैन। त्यसका लागि सिस्टम बनाउने हो, हामीले अनुरोध गरिरहेका छौं," उनले भने। आवागमन गर्ने यात्रुलाई सहजता प्रदान गर्नका लागि सम्बन्धित निकायहरूले गरेका कामको अनुगमन एवं निरीक्षण गरिएको उनले बताए।
अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ अध्यागमन अधिकृत गोकर्णप्रसाद उपाध्यायले विमानस्थलको अध्यागमन कार्यालयको प्रस्थान कक्षमा सेवाग्राहीको सुविधाका लागि १४ वटा डेस्कहरू राखिएकोमा ४ वटा काउन्टर विदेशी र बाँकी १० वटा नेपाली नागरिकका लागि रहेको जानकारी दिए।
अहिले एक दिनमा करिब ९ देखि १० हजार यात्रु नेपालबाट अन्य मुलुकतर्फ प्रस्थान गर्ने गरेको उनले बताए। एउटा कर्मचारीले तीनदेखि चार सय जनाको हाराहारीमा यात्रुहरूलाई अध्यागमनको प्रक्रियामा सेवा दिने गरेको उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
