अति विशिष्ट पदाधिकारीको सुरक्षा संवेदनशीलता र सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको प्रशासनको भनाइ छ।
काठमाडाैँ– जिल्ला प्रशासन कार्यालय काठमाण्डौले राष्ट्रपति, प्रधानमन्त्री निवास लगायत क्षेत्रमा दुई महिनासम्म निषेधाज्ञा लगाएको छ।
प्रशासन कार्यालयले बुधबार एक आदेश जारी गर्दै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निवास वरपरको निषेधाज्ञा लगाइएको जनाएको छ। जिल्ला सुरक्षा समितिको सिफारिशमा पुष ४ गतेदेखि लागू हुने गरी दुई महिनाका लागि निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतद्वारा जारी आदेशमा उल्लेख छ।
प्रशासन कार्यालयले राष्ट्रपति कार्यालय रहेको शीतल निवास क्षेत्रमा पूर्वको वर्कशप चोक, पश्चिमको सामाखुशी निस्कने नाला, उत्तरको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र दक्षिणको पूर्वी गेट तथा प्रहरी अस्पताल जाने मोडसम्म निषेधाज्ञा जारी गरेको हो।
प्रधानमन्त्री निवास रहेको बालुवाटार क्षेत्रमा पुरानो पवित्र वर्कशप चोकदेखि रुसी राजदूतबासबाट इटालीया चोकसम्म, सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम(दक्षिण १०० मिटरसम्म निषेधाज्ञा लागू गरिएको छ। यस्तै, प्रधानन्यायाधीश निवासबाट लाजिम्पाट जाने १०० मिटर पश्चिम, राष्ट्रबैंक चोकबाट पूर्वतर्फ १०० मिटर र इटालीया चोकबाट ५० मिटर दक्षिणसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।
त्यस्तै, उपराष्ट्रपति कार्यालयमा केशरमहल चोकदेखि लैनचाैर मोड हुँदै मल्ल होटलको सीमानासम्म निषेधाज्ञा लागू गरिएको छ। यस्तै प्रशासनले माइतीघरदेखि बानेश्वरसम्म यसअघि लागू गरेको निषेधाज्ञालाई पनि थप दुई महिना लम्ब्याएको छ।
यी क्षेत्रमा निषेधाज्ञा अवधिभर पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बुधबार निषेधाज्ञाको आदेश जारी गरेका हुन्।
अति विशिष्ट पदाधिकारीको सुरक्षा संवेदनशीलता र सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको प्रशासनको भनाइ छ। यी क्षेत्रमा पाँचभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
