भारतको देहरादुनमा भएको सातौँ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले ४ स्वर्णसहित ११ पदक जितेका छन्।
काठमाडौँ– भारतको देहरादुनमा भएको सातौँ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले ४ स्वर्णसहित ११ पदक जितेका छन्।
टोलीका व्यवस्थापकसमेत रहेका एसकेबीसीका तेक्वान्दो डोजाङका प्रिन्सिपल अरुणकुमार केसीले नेपाली खेलाडीले ४ स्वर्णका अलावा थप ३ रजत र ४ कास्य पनि जितेको जनाएका छन्। पुरुष ४५ केजीमुनि वृजेश रायमाझी, ३२ केजीमुनि रघुनाथ भण्डारी, ५० केजीमुनि सोफिक बराइली र ४५ केजीमुनि सुजित कार्कीले स्वर्ण जिते।
आभास डिओले पुरुष ३२ केजीमुनि र एकल पुम्सेमा गरी दुई रजत जिते भने ३७ केजीमुनि सोहन तामाङले रजत हात पारे। पुरुष ४१ केजीमुनि क्षितिज घले, ५५ केजीमुनि अशिम घिमिरे, ३५ केजीमुनि दिप्सन थापा र एकल पुम्सेमा वृजेश रायमाझीले काँस्य पदक प्राप्त गरे।
टोलीको प्रशिक्षकमा रन्जितबहादुर डगौरा छन्। सबै खेलाडी एसकेबीसी तेक्वान्दो डोजाङका हुन्। प्रतियोगितामा सहभागी भएर नेपाली टोली स्वदेश फर्किसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
