लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली, तराईमा बिहानैदेखि हुस्सु

देशभरको तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। 

जसका कारण लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली रही बाँकी प्रदेशको मौसम सामान्यतया सफा रहेको छ। तराईका विभिन्न स्थानमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ।

दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैगरी, रातिको मौसम पनि सामान्यतया सफा नै रहनेछ। 

देशभरको तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।