उद्घाटन खेल बिहान साढे ९ बजे बागमती र मधेशबीच त्रिवि मैदान कीर्तिपुरमा हुनेछ। सोही समयमा एपीएफ र सुदूरपश्चिमबीच मूलपानी मेदानमा खेल हुनेछ।
काठमाडौँ– प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता बिहीबार शुरू हुँदैछ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा काठमाडौँस्थित कीर्तिपुर र मूलपानी रंगशालामा खेलहरू हुनेछन्।
पहिलो दिन बिहीबार चार खेल हुँदैछन्। उद्घाटन खेल बिहान साढे ९ बजे बागमती र मधेशबीच त्रिवि मैदान कीर्तिपुरमा हुनेछ।
सोही समयमा एपीएफ र सुदूरपश्चिमबीच मूलपानी मेदानमा खेल हुनेछ। यसैगरी, अर्को खेल दिउँसो १:१५ बजे गण्डकी र लुम्बिनीबीच कीर्तिपुरमा र कर्णाली र कोशीबीच मूलपानी मैदानमा खेल हुनेछ।
क्यानले यसअघि बुधबार एक कार्यक्रमबीच प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको थियो। १४ दिनसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र विभागीय टोली एपीएफसहित आठ टोली सहभागी छन्।
क्यानले प्रतियोगिता पहिलो पटक सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन गर्न लागेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
