दुर्घटनामा आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया चुकी शाहीसहित पाँच जनाको मृत्यु भएको छ।
जाजरकोट– रुकुम पश्चिमको आठबीसकोट नगरपालिकास्थित कोट च्यारीगाउँ खोलानजिकै ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
भित्री सडकखण्डबाट घर्तीगाउँ जाँदै गरेको ट्याक्टर घुम्ती मोड्न खोज्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय आठबीसकोटले जनाएको छ।
दुर्घटनामा परी आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया चुकीको मृत्यु भएको प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिए। यस्तै मृत्यु हुनेमा आठबीसकोट–१० स्थित डाँडाका ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भर्दर सार्की र ४७ वर्षीया निर्मला सार्की पनि छन्।
प्रहरी निरीक्षक मरासिनीका अनुसार बुधबार राति १०: १५ बजेतिर दुर्घटना भएको हो। दुर्घटनामा अन्य नौ जना घाइते भएका छन्।
घाइते हुनेमा आठबीसकोट–८ का ४१ वर्षीय खड्कबहादुर पुन, १४ बर्षीय दलबहादुर पुन, ५६ वर्षीय कुमार घर्ती, ३४ वर्षीया रमा गुरुङ, ५१ वर्षीय जगवीर सार्की, ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की, ४२ वर्षीय मदन पुन तथा आठबीसकोट– १० का ३८ वर्षीय रमेश सार्की छन्।
घाइतेको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ट्याक्टर चालक आठबीसकोट–९ का २१ वर्षीय गोपाल विक फरार रहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
