इजरायल–हमास युद्ध: गाजामा गुम्यो ६६ प्रतिशत रोजगारी

गाजाका प्यालेस्टिनीले लामो समयदेखि गरिबी, जोखिम र उच्च बेरोजगारी दरको निरन्तर सामना गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

इजरायल–हमास युद्ध शुरू भएयता गाजामा दुई तिहाइ मानिसले रोजगारी गुमाएको पाइएको छ। 

युद्धमा ६६ प्रतिशत मानिसले रोजगारी गुमाएको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र प्यालेस्टिनी तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ। गाजामा अनुसार अक्टोबर ७ देखि युद्ध जारी छ। 

गाजाको रोजगारी बजारमा भएको विनाशकारी हानिले द्वन्द्वअघि नै नाकाबन्दीमा परेको इलाकामा विद्यमान डरलाग्दो अवस्थालाई झन् बढाउने विज्ञले बताएका छन्। 

गाजाका प्यालेस्टिनीले लामो समयदेखि गरिबी, जोखिम र उच्च बेरोजगारी दरको निरन्तर सामना गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।