नेपाल वायु सेवा निगमका ५ वटा जहाज लिलामीमा

बिहीबार एक सूचना जारी गर्दै निगमले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज लिलामी बिक्रीमा राखेको जनाएको छ। 

काठमाडौँ– नेपाल वायु सेवा निगमले पुराना पाँच वटा जहाज लिलामीमा राखेको छ।

बिहीबार एक सूचना जारी गर्दै निगमले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज लिलामी बिक्रीमा राखेको जनाएको छ। 

त्यसका लागि निगमले बिहीबार गोप्य सिलबन्दी टेन्डर आह्वान गरेको छ। निवेदन दिने म्याद आगामी माघ २१ सम्म राखिएको छ। 

यी जहाज तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड छन्।