परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलंकाली समकक्षी मोहम्मद उवैस मेहम्मद अली साब्रीबीच क्षेत्रीय संगठनहरू सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको छ।
काठमाडौँ– परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलंकाली समकक्षी मोहम्मद उवैस मेहम्मद अली साब्रीबीच सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजाने विषयमा छलफल भएको छ। बिहीबार काठमाडौँमा दुई देशका मन्त्रीहरूबीच क्षेत्रीय संगठनहरू सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको हो।
परराष्ट्रमन्त्री साउदका अनुसार छलफलका क्रममा दुई पक्षीय सम्बन्धको पुनरावलोकन, व्यापार, लगानी, कनेक्टिभिटी, पर्यटन, संस्कृति, शिक्षा, रक्षा र इमिग्रेसनसँग सम्बन्धित विषय उठेका थिए। संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षीय फोरममा दुवै राष्ट्रले सहकार्य गर्ने विषयमा समेत कुराकानी भएको थियो।
“संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षीय फोरममा दुवै राष्ट्रले परस्पर मिलेर सहकार्य गर्ने विषयमा कुराकानी भएको छ। दुवै देशको आपसी समझदारी र स्वार्थका क्षेत्र पहिल्याएर त्यसमा सहकार्य गर्ने बारेमा छलफल भएको छ,” उनले भने।
श्रीलंकाका विदेशमन्त्री साब्रीले शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन लगायतका क्षेत्रमा नेपाल र श्रीलंकाबीच सहकार्य गरेर जानेबारेमा छलफल भएको जनाए। उनले सार्क र बिमस्टेक लगायतका क्षेत्रीय कार्यक्रममा विशेष जोड दिइएको बताए।
“सार्क र बिमस्टेक लगायतका क्षेत्रीय कार्यक्रममा हामीले विशेष जोड दिँदै आइरहेका छौँ। हामी नेपालमा घुम्न आउनका लागि श्रीलंकाली नागरिकसँग विशेष पहल र अपिल गर्नेछौँ, आशा छ, नेपालले पनि श्रीलंका जानका लागि सोही पहल गर्नेछ। आजको छलफल धेरै नै राम्रो भयो। दुई देशबीचको सम्बन्ध बिस्तारका बारेमा हामीले आज धेरै नै महत्त्वपूर्ण छलफल गरेका छौँ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
