गाउँमा दूध संकलन गर्ने सहकारी तथा विभिन्न संस्थाले दलित समुदायले उत्पादन गरेको दूध नउठाइदिने गुनासो बढिरहेको छ।
बागलुङ– बागलुङको काठेखोला गाउँपालिकामा सागसब्जी तथा दूध उत्पादन गर्दै आएका किसानको संख्या धेरै छ।
विशेष गरी वडा नं २, ५ र ६ का किसानले बाह्रै महिना दूध उत्पादन गर्छन्। ब्राहमण समुदायले घरबाटै दूध बिक्री गर्छन् तर दलित समुदायले सहकारीमार्फत पनि दूध बिक्री गर्न पाएका छैन।
गाउँमा दूध संकलन गर्ने सहकारी तथा विभिन्न संस्थाले दलित समुदायले उत्पादन गरेको दूध नउठाइदिने गुनासो बढिरहेको छ।
सरोकारवाला निकायले नै चासो नदिँदा दूध बिक्री गर्न नसकिएको दलित अधिकारकर्मी बताउँछन्। काठेखोला गाउँपालिकाले दलित समुदायले उत्पादन गरेको दूध बिक्रीमा आनाकानी गर्ने संघसंस्था तथा व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको छ।
गाउँपालिकाका प्रवक्ता टीका संगम विकले दलित समुदायका किसानले उत्पादन गरेको दूध बिक्री नभएको गुनासो आएपछि गाउँपालिकाले कानूनअनुसार कारबाही गर्ने बताए।
काठेखोला गाउँपालिकामा दूध बिक्री गरेरै धेरै किसानले परिवार चलाउँदै आएको भन्दै प्रवक्ता विकले गाउँपालिकाले पनि उनीहरूको सजगताका लागि गाउँपालिका–२ अक्षतेमा दूध संकलन केन्द्र स्थापना गर्ने बताए। काठेखोलाको दूध बागलुङ बजारसँगै पोखरामा पनि बिक्री हुने गरेको छ।
“संघसंस्था हुन् वा व्यक्ति कसैले पनि जातीय विभेद गरेर असामाजिक गतिविधि गर्न पाइँदैन, पछिल्लो समय छुवाछूत र विभेदका कारण दलित समुदायले उत्पादन गरेको दूध बिक्री नभएको गुनासो बढेको छ,” प्रवक्ता विकले भने।
उनले थपे, “गाउँपालिकाले यसलाई गम्भीर रूपमा लिएको छ। अब जातीय विभेद भयो भने कानूनी दायरामा ल्याउन पालिका नै अग्रसर हुने कार्यपालिकाले निर्णय गरेको छ। हरेक नागरिकको पेसा व्यवसाय गरेर बाँच्न पाउन अधिकार हुन्छ। किसानको सजगताका लागि गाउँपालिकाले पनि अक्षते बजारमा दूध संकलन केन्द्र स्थापना गर्नेछ।”
काठेखोला गाउँपालिका–१ पालकाकी अस्मिता विकले दूध उत्पादन भए पनि बिक्री गर्न निकै समस्या भएको बताइन्। हिउँदमा कम भए पनि वर्षा याममा बढी दूध उत्पादन हुने तथा त्यो खेरजाने दुखेसो गरिन्। छरछिमेकीको घरको दूध बिक्री भए पनि दलित परिवारको नहुने उनले गुनासो पोखे। आफूहरू अन्यायमा पर्दा पनि सरोकारवाला निकाय मौन रहेको विक बताउँछिन्।
सरकारले २०६३ जेठ २१ गते नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको हो। त्यसयता पनि हाम्रो समाजमा छुवाछुत र जातीय विभेद कायमै छ। काठेखोला गाउँपालिका–२ भीमापोखराका चिन्तामणि विकले लामो समयदेखि दूध बिक्री नभएकामा संघर्ष गर्दै आएको बताइन्।
गाउँमा दूध संकलन र बजारसम्म पुर्याउनका लागि सहकारी स्थापना भए पनि आफूहरूलाई शेयर सदस्यसमेत बन्न नदिएको बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
