फागुन पहिलो साता विधान सम्मेलन गर्ने तयारी गरेको माओवादी केन्द्रले मस्यौदा तयार पार्न ७ सदस्यीय समिति बनाएको छ।
काठमाडौँ– नेकपा माओवादी केन्द्रले फागुन पहिलो साता विधान सम्मेलन गर्ने तयारी गरेको छ। माओवादी केन्द्रको बिहीबार बसेको पदाधिकारी बैठकले आगामी फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको हो।
माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकले विधानको मस्यौदा तयार पार्न ७ सदस्यीय समिति गठन गरेको जानकारी दिए।
समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, उपमहासचिव वर्षमान पुन, उपमहासचिव जनार्दन शर्मा, सचिव गणेश शाह र सचिव राम कार्की रहेका छन्।
प्रवक्ता सापकोटाले पार्टीको केन्द्रीय कमिटी बैठक पनि फागुन पहिलो साता नै बस्ने पनि जानकारी दिए।
उनका अनुसार बैठकमा माओवादीको चलिरहेको जनतासँग माओवादी–विशेष रूपान्तरण अभियानको समीक्षा भएको थियो। अभियानले पार्टीलाई जीवन्त र गतिशील बनाएको र नेता–कार्यकर्ता र जनताबीच नयाँ ढंगले सम्बन्ध स्थापित भएको निष्कर्ष बैठकमा निकालिएको छ।
“सारमा भन्दा जनतासँग माओवादी विशेष रूपान्तरण अभियान निकै प्रभावकारी र सफल भएको छ। समग्रमा यसले पार्टीलाई पुनर्ताजगी बनाएको छ। सबैलाई सक्रिय बनाउने भूमिका खेलेको छ,” न्युज एजेन्सी नेपालसँग उनले भने।
जनतासँग माओवादी–विशेष रूपान्तरण अभियान पुस १६ गते सबै पालिकाहरूमा बृहत् जनपरिचालनसहित समापन हुने उनको भनाइ छ।
उनले बैठकमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएको विषयमा कुनै छलफल नभएको बताए। पदाधिकारीको अघिल्लो बैठकमा राजीनामाका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले जानकारी भने गराएको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
