कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको ३० करोड ६८ लाख ६० हजार ८०० रुपैयाँ बराबरको शेयर कारोबार भयो।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार उच्च अंकले ओरालो लागेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३२.७७ अंकले ओरालो लागेर २१०९.१० मा सीमित भएको छ। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक आज ६ अंकले ओरालो लागेर ३९६.६२ मा सीमित भएको छ।
कारोबार भएका कुल १३ उपसमूहमध्ये बिहीबार ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ भने दुई उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ। कुल एक करोड ७१ लाख ७२ हजार १४९ कित्ता शेयर ६ अर्ब २७ करोड ४३ लाख २४ हजार ८११ मूल्यमा खरिद–बिक्री भएका छन्।
कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको ३० करोड ६८ लाख ६० हजार ८०० रुपैयाँ बराबरको शेयर कारोबार भयो।
सोनापुर मिनरल्स २५ करोड ४७ लाख ६९ हजार ५२४, हिमालयन डिस्टिलरी २० करोड ६ लाख २० हजार १६०, हाथवे इन्भेस्टमेन्ट १५ करोड ३६ लाख २० हजार ४९२ र घोराही सिमेन्ट १५ करोड २३ लाख ५० हजार ५०९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार, बोटलर्स नेपाल बालाजु, आशा लघुवित्त, धौलागिरि लघुवित्त, बिपीडब्ल्यू लघुवित्त, चिर्खवा हाइड्रोपावरलगायत कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।
यस्तै, सूर्यज्योति लाइफ इन्स्योरेन्स ७.४४, उन्नति सहकार्य लघुवित्त ७.२६, सनराइज फस्ट म्युचुअल फन्ड ६.९४, गरिमा विकास लघुवित्त ६.९४ र युनियन हाइड्रोपावरका लगानीकर्ताले ६.५२ प्रतिशतले गुमाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
