विश्वकप फुटबल : इक्वेडरको विजयी शुरुआत

कतारविरुद्ध इक्वेडरको जितमा दुवै गोल कप्तान एनर भ्यालेन्सियाले गरे। 

काठमाडौं– कतारमा आइतबारबाट शुरू भएको विश्वकप फुटबल खेलमा इक्वेडरले विजयी शुरुआत गरेको छ।

इक्वेडरले उद्घाटन खेलमा आयोजक राष्ट्र कतारलाई २–० गोलले पराजित गरेको हो। कतारविरुद्ध इक्वेडरको जितमा दुवै गोल कप्तान एनर भ्यालेन्सियाले गरे। 

उनले खेलको १६ औँ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए। त्यस्तै, दोस्रो गोल ३१औँ मिनेटमा हेडिङमार्फत गरे।

त्यसअघि खेलको तेस्रो मिनेटमै इक्वेडरले गरेको गोललाई भिडियो एसिस्टेन्ट रेफ्रीले मान्यता दिएनन्। जितसँगै इक्वेडरले तीन अंक बटुलेको छ।