बाल संगठनलाई काठमाडौँ महानगरको ३० लाख सहयोग

बाल संगठनमा आश्रय लिइरहेका बालबालिकाको आवास, खाद्यान्न र स्वास्थ्योपचारका लागि  ३० लाख रुपैयाँ सहयोग गरिएको काठमाडौँ महानगरले जनाएको छ।

फाइल तस्वीर।

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले नेपाल बाल संगठनलाई ३० लाख रुपैयाँ प्रदान गरेको छ।

बालबालिकाको आवास, खाद्यान्न र स्वास्थ्योपचारका लागि उक्त रकम प्रदान गरिएको महानगरले जनाएको छ। 

संघ सरकारबाट प्राप्त हुनुपर्ने रकम समयमा उपलब्ध हुन नसकेपछि दैनिक खाना र स्वास्थ्योपचारमा समस्या भएको गुनासो आएकाले सहयोग गरिएको महानगर उपप्रमुख सुनिता डंगोलले बताइन्। 

      यो पनि: बालमन्दिरको थप जग्गा हडप्ने प्रयास, २९ रोपनी जग्गामा मिश्रको ‘कब्जा’

चालु आर्थिक वर्षमा संगठनको २० प्रतिशत लागत सहभागिता हुनेगरी महानगरपालिकाले ५० लाख उपलब्ध गराउनेछ। उपप्रमुख डंगोलले यसमध्येको ३० लाख, संगठनका अध्यक्ष विद्या न्यौपानेलाई प्रदान गरेकी हुन्। 

“लोककल्याणकारी राज्यमा बालबालिका भोकै बस्नुपर्ने अवस्था हुनुहुँदैन। बाल संगठन व्यवस्थापनको मुख्य दायित्व संघ सरकारका जिम्मेवार मन्त्रालयको रहेको छ। यसो भनेर हामी हाम्रो कर्तव्य छोड्दैनौँ। त्यसैले सहयोग रकम उपलब्ध गराएका हौँ।”

       यो पनि: बाल संगठनका पदाधिकारी–कर्मचारीबाट बर्बाद अनाथ बालकको जीवन–कथा

अध्यक्ष न्यौपानेले, संगठनसँग अचल सम्पत्ति भए पनि चल सम्पत्तिको अभाव रहेको उल्लेख गरिन्।