चेक गणतन्त्रको विश्वविद्यालयमा गोली प्रहार: १४ जनाको हत्या, २५ घाइते

विश्वविद्यालयको दर्शन विभागको भवनमा बिहीबार एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाएका थिए। जवाफी कारबाहीमा गोली चलाउने विद्यार्थीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

तस्वीर: एपी

चेक गणतन्त्रको राजधानी प्रागस्थित चार्ल्स विश्वविद्यालयमा गोली प्रहारबाट १४ जनाको हत्या भएको छ। 

उक्त गोलीकाण्डमा २५ जनाभन्दा धेरै घाइते भएका छन्। विश्वविद्यालयको दर्शन विभागको भवनमा बिहीबार एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाएको अधिकारीहरूले बताएका छन्। 

जवाफी कारबाहीमा गोली चलाउने विद्यार्थीको पनि मृत्यु भएको प्रागका प्रहरी प्रमुख मार्टिन भोन्ड्रासेकले बताएका छन्। 

उनको नाम भने सार्वजनिक गरिएको छैन। मृतकको संख्या बढ्नसक्ने प्रहरीले जनाएको छ।

चेकका राष्ट्रपति पेटर पावेलले चार्ल्स विश्वविद्यालयमा भएको गोलीकाण्डबाट आफू स्तब्ध भएको बताएका छन्।