यसअघिका कोभिड महामारीमा प्रयोग गरिएको खोप प्रभावकारी भएकाले नयाँ भेरिएन्ट भित्रिए पनि तत्काल गम्भीर असर नपर्ने मन्त्रालयले जनाएको छ।
काठमाडौँ– कोरोना भाइरसको नयाँ भेरिएन्टको असर अहिलेसम्म नेपालमा फेला नपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हालै भारतको केरला र नयाँ दिल्लीमा नयाँ भेरिएन्टबाट प्रभावित केही व्यक्ति फेला परेका थिए। ती व्यक्तिमा पनि घातक असर नपाइएको र नेपालमा कुनै असर नभित्रिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।
उनका अनुसार यसअघिका कोभिड महामारीमा प्रयोग गरिएको खोप प्रभावकारी भएकाले नयाँ भेरिएन्ट भित्रिए पनि तत्काल गम्भीर असर पर्ने छैन। तर, मन्त्रालयले तालिम प्राप्त जनशक्ति, स्वास्थ्य साधन र सीमानाकामा हुने आवतजावतको दैनिक विवरण संकलन गरिरहेको छ।
“१६ वटा सीमानाकामा रहेका हेल्थ डेस्कबाट दैनिक आवतजावत गर्ने मानिसमा कुनै असर भए नभएको विवरण संकलन भइरहेको छ,” प्रवक्ता बुढाथोकीले भने, “कोभिडका अघिल्ला महामारीमा काम गरेका तालिमप्राप्त जनशक्तिको अपडेट राखेका छौँ। स्वास्थ्य सामग्री तयारी अवस्थामा छ। अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कले पनि नियमित विवरण राख्ने गरेको छ।”
अन्तर्राष्ट्रिय विमानस्थल र सीमानाकामा श्वासप्रश्वासको समस्या भएका व्यक्ति फेला परे उनीहरूको स्वास्थ्य परीक्षण गर्ने र कोभिड पुष्टि भए निगरानीमा राखेर उपचार गर्ने प्रबन्ध पनि मिलाइएको बुढाथोकीले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
