केही समयअघि काम गरेका कर्मचारी पनि समायोजनपश्चात् सरुवा भएर अन्यत्र गएकाले वडा सचिवविहीन हुँदा वडाबाट हुने कामकाजमा अप्ठ्यारो भएको सेवाग्राहीले गुनासो गर्दै आएका छन्।
लमजुङ– जिल्लाका विभिन्न स्थानीय तहका ३९ वडामा सचिव नहुँदा सेवाग्राहीले समस्या भोग्दै आएका छन्। सिंहदरबारको अधिकार गाउँ–गाउँमा भने पनि विभिन्न स्थानीय तहमा वडा सचिव नहुँदा कामकाज समयमै नहुनाका साथै अन्य समस्या सेवाग्राहीले झेल्नुपरेको हो।
जिल्लामा चार नगरपालिका र चार गाउँपालिकाका ७५ वडा कार्यालय छन्। यतिका वडामध्ये जम्मा ३६ वडामा मात्र वडा सचिव रहेको बताइएको छ। छिटोछरितो सेवा पाउनुपर्ने भए पनि वडा सचिव नभएकै कारण सो सेवाबाट वञ्चित हुनुपरेको स्थानीय बासिन्दाले गुनासो गर्दै आएका छन्।
सरकारले कर्मचारी समायोजन गर्न नसकेका कारण र कर्मचारी सेवा सुविधा खोज्दै अन्यत्र स्थल रोज्नाले वडा सचिवको अभावमा नागरिकले आफ्नो दैनिक कामकाजका लागि समस्या भोग्नुपरेको जिल्ला समन्वय समितिका संयोजक पूर्णबहादुर गुरुङले बताए। उनले जिल्लाका अधिकांश वडामा वडा सचिव नभएको उल्लेख गरे।
वडा सचिव नआउँदा एउटै कर्मचारीले दुई/दुई वडामा काम गर्नुपर्ने बाध्यताका कारण नागरिकले पाउनुपर्ने छिटोछरितो सेवा सुविधामा समस्या भइरहेको उनले बताए। वडा सचिव नहुँदा स्वास्थ्य तथा पशुका कर्मचारीलाई सचिवको काममा खटाइए पनि सचिवको जस्तो काम भने नहुने उनको भनाइ छ। ग्रामीण क्षेत्रमा कर्मचारी जान नमान्ने तर सुगम क्षेत्रका स्थानीय तहमा जान कर्मचारी हानथाप गर्ने प्रवृत्ति छ। केही समयअघि काम गरेका कर्मचारी पनि समायोजनपश्चात् सरुवा भएर अन्यत्र गएकाले वडा सचिवविहीन हुँदा वडाबाट हुने कामकाजमा अप्ठ्यारो भएको सेवाग्राहीले गुनासो गर्दै आएका छन्।
“वडा सचिव नहुँदा एउटै कामकाजका लागि एक दिन खर्चेर वडाको काम नगरपालिका पुगेर गरेर आउनुपर्छ। हस्ताक्षरलगायत केही काम बिग्रियो भने फेरि एक दिन जान र एक दिन वडामा काम गर्न समय लाग्ने हुँदा स्थानीय बासिन्दालाई धेरै समस्या भइरहेको छ,” बेँसीशहर नगरपालिका–११ चितीका ईश्वरराज सेढाईंले भने।
बेँसीशहर नगरपालिका–११ का वडाध्यक्ष शिव जोशीले वडा सचिव नहुँदा नागरिकलाई वडा कार्यालय आउन र जान दुःख मात्र हुने गरेको बताउँछन्। दश महिनादेखि वडा सचिव नहुँदा नागरिकले धेरै दुःख पाइरहेको र वडाको कामका लागि नगरपालिकाको कर्मचारीलाई तोकिए पनि वडा सचिवको हस्ताक्षर तथा पञ्जीकरणको कामका लागि वडाबाट पालिका जानुपर्ने बाध्यता भएको उनको भनाइ छ।
नागरिकले पालिका जान र आउनका लागि गाडी भाडा पाँचदेखि ६०० रुपैयाँ खर्च गर्न बाध्य हुँदै आएको जानकारी दिँदै वडाध्यक्ष जोशीले सामान्य काम वडाको सहयोगीबाट गर्दै आए पनि विवाह, जन्मदर्ता, मृत्युलगायत कामका लागि अनिवार्य पालिकामा जानुपर्ने बाध्यताले वडा सचिवको माग गर्दै आए पनि हालसम्म वडा सचिवविहीन कार्यालय भइरहेको बताए।
क्व्होलासोथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले यस पालिकाको अधिकांश वडामा सचिव नहुँदा सेवाग्राहीलाई समस्या भइरहेको बताए। वडा सचिव नहुँदा पालिकाभित्रकै आन्तरिक कर्मचारीलाई खटाएर काम गराइरहेको उनको भनाइ थियो। वडा सचिव हुँदा र अन्य कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिँदा फरक परे पनि केही भए पनि समस्या समाधान भएको अध्यक्ष गुरुङले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
