एपीएफले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ। जितसँगै एपीएफ अंक तालिकाको शीर्ष स्थानमा यथावत् रहेको छ।
काठमाडौँ– विभागीय टोली एपीएफले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ। शुक्रबार भएको दोस्रो खेलमा एपीएफले मधेश प्रदेशललाई १० विकेटले पराजित गरेको हो।
एपीएफले पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको थियो। जितसँगै एपीएफ अंक तालिकाको शीर्ष स्थानमा यथावत् रहेको छ। एपीएफको ४ अंक रहेको छ।
शुक्रबार मधेशले दिएको ४१ रनको लक्ष्य एपीएफले ५.५ ओभरमा पूरा गर्यो। एपीएफकी ओपनर तथा कप्तान सीता रानामगरले सर्वाधिक १९ रन बनाइन्। उनले ९ बलमा ४ चौका प्रहार गरिन्।
अर्की ओपनर ज्योति पाण्डेले २६ बलमा ३ चौकासहित १६ रन बनाइन्।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मधेशले १९.२ ओभरमा सबै विकेट गुमाउँदै ४० रन बनायो। मधेशकी प्रतिमा साहले मात्रै दोहोरो अंकमा रन बटुल्न सकिन।
उनले ३४ बलमा १ चौकासहित १५ रन बनाइन्। एपीएफकी सीताले सर्वाधिक ३ विकेट लिइन्। सुमन विष्ट र रेखा रावलले २/२ विकेट लिइन्।
यस्तै, इन्दु बर्माको नाममा १ विकेट रह्यो। मधेशको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा बागमती प्रदेशसँग मधेश २८ रनले पराजित भएको थियो।
सुदूरपश्चिमको पहिलो जित
पहिलो खेलमा एपीएफसँग ९ विकेटले पराजित भएको सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ।
लुम्बिनीले दिएको ७२ रनको लक्ष्य सुदूरपश्चिमले ९.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो।
सुदूरपश्चिमकी कविता जैशीले सर्वाधिक २४ रन बनाइन्। उनले १२ बलमा ३ चौका र १ छक्का प्रहार गरिन्। ओपनर रेवती धामीले अविजित रहँदै २५ बलमा २ चौकासहित १७ रन बनाइन्।
अर्की ओपनर रुवि पोडारले २२ बलमा १ चौकासहित १४ रन बनाइन्। लुम्बिनीकी मधु डिसीले १ विकेट लिइन्।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७१ रन बनाएको थियो।
लुम्बिनीकी सरस्वती पुनले सर्वाधिक १९ रन बनाइन्। उनले ३० बलमा ३ चौका प्रहार गरिन्।
आस्मा पुलामी मगर १६ र सुस्मा बजगाईं १४ रनमा आउट हुँदा अन्यको प्रदर्शन निराशाजनक रह्यो। सुदूरपश्चिमकी लक्ष्मी साउदले २ विकेट लिइन्।
ईश्वरी विष्ट, अनु कठायत र रितु कनौजियाले १/१ विकेट लिइन्। जितसँगै सुदूरपश्चिम २ अंकसहित तेस्रो स्थानमा पुगेको छ।
गण्डकीलाई पहिलो खेलमा ४ विकेटले पराजित गरेको लुम्बिनीको समान २ अंक रहेको छ। लुम्बिनी अंक तालिकाको छैटौँ स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
