बदलिएका बाटाघाटामा नबदलिएको जीविका (तस्वीरहरू)

दूरदराजसम्म सडकको पहुँच पुगेसँगै स्थानीय जनजीवन सहज भएको छ। पहिले पैदल हिँड्नुपर्ने गाउँठाउँमा पक्की सडक बनेसँगै आवतजावत गर्न साना सवारी प्रयोग हुन थालेका छन्।

प्युठान– सिँचाइ हुने खेतका गह्राहरूमा गहुँ उम्रेर हरियाली छाएको छ। बारीमा केराउ फुल्न थालेका छन्। किसानहरू मकै पाकेपछि खेतबारीमै संग्रह गरेर राखिएका मकैका ढोँडहरू घरमा भित्र्याउँदै छन् भने कतै तोरी स्याहार्ने हतारो छ।

दूरदराजसम्म सडकको पहुँच पुगेसँगै स्थानीय जनजीवन सहज भएको छ। पहिले पैदल हिँड्नुपर्ने गाउँठाउँका बाटामा आवतजावत गर्न अहिले साना सवारी प्रयोग हुन थालेका छन्। हेर्नुहोस् लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची र प्युठान जिल्लाको ओखरकोट यात्राका तस्वीरहरूको सँगालो।