कानून, न्याय तथा मानव अधिकार समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल प्रारम्भ भएको छ।
काठमाडौँ– कानून, न्याय तथा मानव अधिकार समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल प्रारम्भ भएको छ। समितिको शुक्रबारको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल प्रारम्भ भएको हो।
शुक्रबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसहित समिति सदस्यले आगामी दिनमा विधेयकमाथिको छलफललाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा धारणा राखेका थिए।
समिति सभापति विमला सुवेदीले समितिको आगामी बैठकबाट विधेयकमाथि दफावार छलफल हुने बताइन्।
आगामी दिनमा विधेयकमाथि संशोधन प्रस्ताव प्रस्तुतिकर्ता सदस्यहरूसँग छलफल, विधेयकका सरोकारवाला मन्त्रालय/निकायहरूसँग छलफल र विधेयकका सरोकारवाला संघ, संस्था वा समूहहरूसँग छलफल हुने उनको भनाइ छ।
त्यसपछि विधेयकका विषयमा दफावार छलफल, प्रतिवेदन लेखन र विधेयकको प्रतिवेदन पारितको कार्यसूची रहेको उनले बताइन्।
विधेयक जस्ताको त्यस्तै पारित हुँदैन: मन्त्री गुरुङ
कानूनमन्त्री गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक जस्ताको त्यस्तै पारित नहुने बताए। आफूले संसद् बैठकमा सैद्धान्तिक छलफलकै क्रममा गरिसकेको प्रतिबद्धता नर्बिसिएको बताए। उनले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले दिएका निर्देशनलाई पालना गर्ने पनि भनाइ राखे।
बैठकमा बोल्दै समिति सदस्य ध्रुवबहादुर प्रधानले कुनै पनि घटनाका आरोपीलाई राजनीतिक निर्णय गरेर माफी दिने कुरा ऐनमा राख्नु नहुनेप्रति ध्यानाकर्षण गराएका थिए। सोही सन्दर्भमा बोल्दै मन्त्री गुरुङले ऐन निर्माण गर्दा त्यस प्रकारको कुराहरू नराख्ने स्पष्ट पारे।
मन्त्री गुरुङले आफूले सबै मन्त्रीहरूलाई सम्बन्धित मन्त्रालयले प्रस्तुत गर्नुपर्ने विधेयकहरूको प्राथमिकताको क्रम तोकेर सात दिनभित्र पठाउनका लागि पत्राचार गरेको जनाए। कानून निर्माणका सम्बन्धमा सभामुखसँग पनि छलफल गर्न लागेको उनको भनाइ थियो।
समिति सभापति सुवेदीले अब समितिको बैठक सार्वजनिक बिदाको दिनबाहेक नियमित रूपमा बस्ने भन्दै बैठकमा अनिवार्य उपस्थितिका लागि सांसदहरूलाई आग्रह गरिन्। समितिको आगामी बैठक पुस ८ गते आइतबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
