ती कुलदेवताले हरेक प्रतिकूल परिस्थितिमा रक्षा गर्ने जनविश्वास छ। तर वैज्ञानिकहरूले डाइनोसरका अण्डा बताएपछि त्यहाँका स्थानीय अन्योलमा छन्।
मान्छेका अनेक आस्था हुन्छन्। ढुंगादेखि विशेष आकृति भएका भाैगोलिक संरचना आदिलाई पनि मान्छेले पुज्ने गरेको पाइन्छ। तर कहिलेकाहीँ वैज्ञानिक तथ्य प्रस्फुटित भइदिँदा मानिसहरूले वास्तविकता थाहा पाउँछन्।
भारतको मध्यप्रदेश राज्यको धार जिल्लाबाट यस्तै घटना बाहिरिएको छ। त्यहाँको नर्मदा उपत्यकामा कुलदेवता तथा ग्रामदेवताका रूपमा पुज्ने गोलाकार ढुंगाहरू करोडौँ वर्षअघिको डायनोसरको अण्डा प्रमाणित भएको छ।
यो घटना बागवन क्षेत्रको पडलिया गाउँको हो। त्यहाँका ग्रामीण जनताले खेतबारीमा गोलाकार ढुंगा फेला पार्दै आएका छन्। उनीहरूले त्यसरी भेटिने ढुंगालाई शताब्दीयौँदेखि कुलदेवताका रूपमा पुज्दै आएका छन्। एक स्थानीय वेष्टा मण्डलोईले ती गोलाकार ढुंगा जस्ता वस्तुलाई काकर अर्थात् खेतका भैरव देवताको रूपमा पुज्ने गरेको बताएको इन्डिया टुडेले लेखेको छ। उनीहरूको घरमा पुर्खाैँदेखि नै यो चलन चल्दै आएको छ। ती कुलदेवताले खेतीपातीसँगै गाईवस्तुको रक्षा गर्ने र हरेक प्रतिकूल परिस्थितिमा रक्षा गर्ने जनविश्वास छ।
नर्मदा उपत्यका डाइनोसर युगसँग जोडिएको क्षेत्र भएको वैज्ञानिक अनुसन्धानले देखाएको छ। उक्त क्षेत्रमा विभिन्न अनुसन्धान भइरहेका छन्। १५ दिनअघि ‘वीरबल साहनी इन्स्टिच्युट अफ प्यालियोसाइन्स’का वैज्ञानिकहरूको टोलीले त्यहाँ पुगेर अनुसन्धान गरेको थियो। उक्त टोलीले ती ढुंगा डाइनोसरका जीवाश्म अण्डा भएका बताएका छन्।
ती ढुंगाको वास्तविकता थाहा पाएपछि स्थानीय अचम्ममा परेका छन्। स्थानीय वेष्टा मण्डलोईले भने, "गाउँलेहरूले ती ढुंगालाई पुज्दै नरिवल चढाउने गरेका थिए, अहिले डाइनोसरको अण्डा भएको पुष्टि भएपछि हामीहरू आश्चर्यचकित भएका छौँ।"
केही महिना पहिले यस्तै घटना नेपालमा पनि भएको थियो। गोरखाको एक परिवारले वषौँदेखि पुज्दै आएको पारदर्शी ढुंगा ‘क्वार्ज क्रिस्टल’ भएको पुष्टि भएपछि स्थानीय प्रशासनले नियन्त्रणमा लिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
