प्रधानमन्त्री दाहालले कोशी प्रदेश नामकरणको विषयमा सबै राजनीतिक दल र आन्दोलनरत पक्षबीच संवाद गरी सकारात्मक ढंगले समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।
काठमाडौँ– प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेश नामकरण विवाद सकारात्मक ढंगले चाँडै समाधान हुने बताएका छन्।
शुक्रबार मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित आमसभामा उनले कोशी प्रदेश नामकरणको विषयमा सबै राजनीतिक दल र आन्दोलनरत पक्षबीच संवाद गरी सकारात्मक ढंगले समाधान गर्ने प्रतिबद्धता जनाएका हुन्।
“यस क्षेत्रमा पहिचानको विषय, प्रदेश नामकरणको विषय, यहाँका जनताहरूको चिन्ता/चिन्तन मलाई राम्रोसँग थाहा छ,” उनले भने, “हिजो जनयुद्धकालमा सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायको पहिचान र अधिकारको लडाइ लड्नु पर्छ भनेर त्यसको नेतृत्व गर्ने पार्टी र त्यसको नेताको हैसियतले यहाँको जनताको चिन्ता र यहाँको जनताको चासोलाई, यो नामकरणको विषयलाई पनि सबै राजनीति दलहरूसँग पनि र यहाँ आन्दोलनरत सबै संस्थाहरूका नेताहरूसँग पनि संवाद गरेर सकारात्मक ढंगले यसलाई समाधान गर्न मेरो पहल रहने विश्वास दिलाउँछु।”
प्रधानमन्त्री दाहालले मन्त्रालयहरूको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्ति गरे। आफू प्रधानमन्त्री भएको एक वर्ष पुगेका दिन राष्ट्रका नाममा सम्बोधन गर्ने बताएका उनले मन्त्रीहरू हेरफेरका साथै काम गर्न नसक्ने मन्त्रालय पुनर्गठन गरी कामलाई गति दिने दाबी गरे।
“मैले सिंहदरबारमा विभिन्न मन्त्रालयहरूलाई बोलाएर उनीहरूका कामहरू कसरी भएका छन्। अब ठीक ढंगले काम भएन,” उनले भने, “आफूले प्रतिबद्धता व्यक्त गरेको कामहरू पनि कतिपय मन्त्रालयहरूले पूरा गरेका छैनन्। त्यस्ता मन्त्रालयलाई पुनर्गठन गरेर मन्त्री फेरेर भए पनि कामलाई गति दिनेतिर मैले प्रतिबद्धता व्यक्त गरेको छु।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
