ललितपुर– २ : एमालेको शुरूवाती अग्रता

ललितपुर क्षेत्र नम्बर २ मा ५०० मतको गणना सकिदा एमाले उम्मेदवार प्रेमबहादुर महर्जनले १ सय १६ मत पाएर अग्रता बनाएका छन्।

ललितपुर– ललितपुर क्षेत्र नम्बर २ मा ५०० मतको गणना सकिएको छ।

जसमा एमाले उम्मेदवार प्रेमबहादुर महर्जनले १ सय १६ मतका साथ अग्रता बनाएका छन्। नेपाली पार्टीका सुदिन शाक्यले ९७ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनको ९० मत छ।

सत्ता गठबन्धनका नेकपा एसका कृष्णलाल महर्जनले ६६ मतका साथ तेस्राे स्थानमा छन्। यहाँको मत नेपाल तेक्वान्दो संघको कार्यालयमा गणना भइरहेको छ।

ललितपुर– २ मा ५२ हजार ८८२ मत खसेको छ।