वर्षा र हिमपातको सम्भावना

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

जसका कारण कोशी, मधेश, कर्णाली र सुदूरपश्चिममा सामान्य बदली रहेको छ। बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम र कर्णालीको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ। 

यसैगरी, राति पनि पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ। कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना छ। 

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।