शुक्रबार राति साउदी अरेबियामा भएको फाइनलमा सिटीले ब्राजिलियन टोली फ्लुमिनेन्सलाई ४–० ले पराजित गर्दै पहिलोपटक उपाधि जित्न सफल भएको छ।
काठमाडौँ– फिफा क्लब विश्वकपको उपाधि म्यानचेस्टर सिटीले जितेको छ।
शुक्रबार राति साउदी अरेबियामा भएको फाइनलमा सिटीले ब्राजिलियन टोली फ्लुमिनेन्सलाई ४–० ले पराजित गरेको हो।
सिटीलाई पहिलोपटक उपाधि दिलाउन जुलियन अल्भारेजले दुई गोल गरे। अल्भारेजले खेलको पहिलो मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। २७औँ मिनेटमा निनोले आत्मघाती गोल गरेपछि सिटीले अग्रता दोब्बर पार्यो।
७२औँ मिनेटमा फिल फोडेनले टोलीका लागि तेस्रो गोल गरे। ८८औँ मिनेटमा अल्भारेजले गोल गरेपछि सिटीले उपाधि जित्न सफल भयो। सिटीका प्रशिक्षक पेप गार्डिओलाले यसअघि बार्सिलोनाबाट सन् २००९ मा क्लब विश्वकप जितेका थिए।
यससँगै सिटीले यो वर्ष पाँचवटा उपाधि पनि जित्न सफल भएको छ। सिटीले सन् २०२३ मा प्रिमियर लिग, एफए कप, च्याम्पियन्स लिग र यूईएफए सुपरकप जितिसकेको छ।
यसैगरी म्यानचेस्टर युनाइटेड, लिभरपुल र चेल्सीपछि क्लब विश्वकपको उपाधि जित्ने सिटी चौथो प्रिमियर लिग टोलीसमेत बनेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
