निर्वाचन आयोगले खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) को चुनाव चिन्ह ‘ब्याट’ खारेज गरिदिएको छ। पार्टीभित्र निर्वाचन हुन नसकेको भन्दै आयोगले यस्तो कारबाही गरेको हो।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीलाई ठूलो झट्का लागेको छ।
निर्वाचन आयोगले खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) को ‘ब्याट’ चिन्ह खारेज गरिदिएको छ। पार्टीभित्र निर्वाचन हुन नसकेको भन्दै आयोगले यस्तो कारबाही गरेको हो।
पेशावर उच्च अदालतले बिहीबार निर्वाचन आयोगलाई पीटीआईको अन्तरदलीय निर्वाचन र निर्वाचन चिन्हका विषयमा कानूनबमोजिम निर्णय गर्न आदेश दिएको थियो। निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजाको अध्यक्षतामा पाँच सदस्यीय ‘बेन्च’ले पीटीआईको जुनमा सम्पन्न अन्तरदलीय निर्वाचनलाई पनि अमान्य घोषित गरेको छ।
पीटीआईले जुन २०२२ मा अन्तरपार्टी (अधिवेशन) चुनाव गराएको थियो। जसमा ब्यारिस्टर गौहर अली पार्टीको नयाँ अध्यक्षमा निर्वाचित भएका थिए । तर, निर्वाचन आयोगले ती निर्वाचनलाई अवैध घोषणा गर्दै २० दिनभित्र पुनः निर्वाचन गराउन निर्देशन दिएको थियो। आयोगको यो निर्णयपछि अब पार्टीका उम्मेदवारले स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्नुपर्ने भएको छ।
यता, पीटीआई अध्यक्ष गौहरले भने व्यक्तिगत प्रतिशोधमा आधारित राजनीतिक निर्णय भएको बताएका छन्। बदला लिने तथा पार्टीका उम्मेदवार र मतदातालाई भ्रममा पार्न आयोग नै लागेको उनको आरोप छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
