वीरगन्ज युनाइटेड बुटवल लुम्बिनीसँग १–० गोल अन्तरले पराजित भएसँगै प्ले अफ दौडबाट बाहिरिएको हो।
काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा वीरगन्ज प्ले अफ दौडबाट बाहिरिएको छ।
शनिबार दशरथ रंगशालामा भएको खेलमा वीरगन्ज युनाइटेड बुटवल लुम्बिनीसँग १–० गोल अन्तरले पराजित भएसँगै प्ले अफ दौडबाट बाहिरिएको हो।
खेलको अतिरिक्त समयमा लुम्बिनीका चन्दन दासले गरेको गोल नै वीरगन्जलाई पराजित गर्न पर्याप्त बनेको हो।
वीरगन्जको पराजयसँगै त्यसको फाइदा ललितपुर, काठमाडौँ र झापालाई पुगेको छ। वीरगन्जको पराजयसँगै ललितपुरको प्ले अफ स्थान लगभग पक्का भएको छ।
वीरगन्ज ८ अंकसहित तालिकाको आठौँ स्थानमा रहेको छ। बुटवलले जित निकाल्दै तालिकाको पाँचौँ स्थानमा रहेर लिग चरणका खेल टुंग्याएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
