कोशी र गण्डकीको उच्च पहाडी भूभागमा हिमपातको सम्भावना

देशभर तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जसका कारण पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रहनेछ। साथै, कोशी र गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।

यसैगरी, राति कोशी, कर्णाली र सुदूरपश्चिमको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी स्थानको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। 

देशभर तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।