आर्सनल र लिभरपुलको रोमाञ्चक बराबरी

बराबरीपछि १८ खेलबाट ४० अंकसिहत आर्सनल शीर्षस्थानमा कायम छ। समान खेलबाट ३९ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ।

काठमाडौँ– लिभरपुलसँग रोमाञ्चक बराबरी खेल्दै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा कायम रहेको छ। 

शनिबार राति लिभरपुलको घरेलु मैदान एन्फिल्डमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन्। 

खेलमा अग्रता भने आर्सनलले लिएको थियो। चौथो मिनेटमा मार्टिन ओडेगार्डको फ्रिकिकलाई डिफेन्डर गेब्रियलले गोलमा परिणत गरेका थिए। 

लिभरपुलले २९औँ मिनेटमा बराबरी गोल फर्कायो। ट्रेन्ट अलेक्ज्येन्डरको लामो पासलाई सदुपयोग गर्दै मोहम्मद सलाहले गोल गर्न सफल भए। 

त्यसपछि दुवै टिमले उत्कृष्ट खेल प्रदर्शन गरे पनि गोल भने हुन सकेन। र, खेल बराबरीमा सकियो। बराबरीपछि १८ खेलबाट ४० अंकसिहत आर्सनल शीर्षस्थानमा छ। 

समान खेलबाट ३९ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ।

शनिबार नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड वेस्ट हामसँग पराजित भएको छ। वेस्ट हामको घरेलु मैदान लन्डन स्टेडियममा युनाइटेड २–० ले पराजित भएको हो।

वेस्ट हामको जितमा जारेड बोवेन र मोहम्मद कुडुसले गोल गरे। त्यस्तै, टोटेनहामले एभर्टनलाई २–१ ले पराजित गरेको छ।