गाजाका अस्पतालमा इजरायली सेनाको लगातार आक्रमण

पछिल्लो सात दिनयता इजरायली सेनाले हमास र इस्लामिक जिहादसँग सम्बद्ध २०० प्यालेस्टिनीलाई पक्राउ गरेको छ। 

इजरायली सेनाले गाजाका अस्पतालमा आक्रमणलाई तीव्र पारेको छ। शनिबार इजरायली सेनाले कमल अडवान अस्पतालमा आक्रमण गरेको छ।

इजरायली सेनाको बुलडोजरले दर्जनौँ प्यालेस्टिनीको शव कुल्चेको सीएनएनले जनाएको छ। जसका कारण त्यहाँ कार्यरत डाक्टर त्रसित भएका छन्। 

अस्पतालका बालरोग सेवाका प्रमुख होसाम अबू सफियाले भने, “सैनिकहरूले चिहान खने र बुलडोजरले शवलाई ताने र अनि पुरिदिए।”

यस्तै, इजरायली ट्यांकहरूले शाजाइ शहरको ट्युनिसियन र जबलियाको अल–फल्लुजाहसहित छ वटा ‘कब्रिस्तान’ ध्वस्त पारेका थिए। आक्रमणमा कति मानिसको मृत्यु भयो भन्ने खुलेको छैन।

इजरायली सेनाले हमास र इस्लामिक जिहादसँग सम्बद्ध करिब २०० प्यालेस्टिनीलाई पक्राउ गरेको छ। उनीहरूलाई पछिल्लो सात दिनयता नियन्त्रणमा लिइएको हो।