बिहान चार बजेतिर शुरू भएको आगोले शरणार्थी शिविरका भीमबहादुर घिमिरेको बाँसको घर जलेको छ।
काठमाडौँ– झापाको दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरमा आइतबार बिहान आगलागी भएको छ।
बिहान चार बजेतिर शुरू भएको आगोले शरणार्थी शिविर सेक्टर सी४, छाप्रा नं. ५३५ बस्ने भीमबहादुर घिमिरेको बाँसको घर जलेको हो। आगलागीबाट घरसहित लत्ताकपडा, भाँडा र अन्नपातसमेत जलेर नष्ट भएको वडाध्यक्ष नवीन बरालले जानकारी दिए।
उनका अनुसार आगलागीको कारण खुलेको छैन। क्षतिको विवरण संकलन भइरहेको छ। नगरपालिकाको दमकल, स्थानीय र प्रहरीको सक्रियतामा करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको वडाध्यक्ष बरालले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
