प्रधानमन्त्रीको सचिवालयका अनुसार शीर्ष नेताबीच संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने विषयमा छलफल भएको छ।
काठमाडौँ– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेको छ।
बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस प्रमुख सचेतक रमेश लेखक सहभागी छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार शीर्ष नेताबीच संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने विषयमा छलफल भएको हो।
सोमबार पुनः बैठक बस्ने सहमति भएको प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए।
बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा विचाराधीन छ।
उच्च राजनीतिक तहमा सहमति जुटाएर सो विधेयक आगामी संघीय संसद्को बैठकमा पारित गर्ने तयारी गरिएको छ। सरकारले संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
